बौलाहा-प्रश्न / सुमन पोखरेल
- Suman Pokhrel

- Jul 31, 2018
- 1 min read
रेडियोबाट प्रसारणरत संसद गतिविधि सुन्न बिथोल्दै उसले एक्कासी सोध्यो, "ए हजुर!हजुरले चुनावमा भोट दिनुभो ?"
कान्छा दाइले सामान्यरूपमा जवाफ दिए , "दिएँ।"
उ फिसिक्क हाँस्यो, एउटा व्यङ्गात्मक र दार्शनिक हँसाइ र पुन: सोध्यो, "ल अब भन्नुस्, मलार्इ बहुला भनेर भोट हाल्न दिएनन्, मैले के पाइन, हजुरले दिनभरि घाममा टटि्टएर भोट हाल्नु भो र के पाउनु भो ?"
कान्छा दाइ त्यसैबेलादेखि उत्तर खोजिरहेका छन् तर भेटिरहेका छैनन् । बाट्बाटै बर्बराउँदै हिँड्छन् "उसले के पाएन, मैले के पाएँ?"
(भोजपुर, २०५५ फागुन)













Comments