top of page

जिन्दगी म बाँचिरहेछ / सुमन पोखरेल


आफैँभित्र फैलिएर कतै आफूबाहिर सङ्कुचित परिवेश, माटो र आँखाहरूमा भावना, कल्पना र मुटुभित्र जिन्दगी म बाँचिरहेछ । ढुङ्गामा राखेर घनले हिर्काउँदा त्यति विभत्स नहोला मुटुको दशा जति बाँचिरहनुले बाँचेर पनि नबाँचिरहनुलाई चोइट्याउँदा हुन्छ । चोटका चोइटासँगै चर्किरहन्छन् मुस्कानहरू स्वरविहीन भएर आँखासँगै; पहिरोजस्तै खडेरीजस्तै डडेलोजस्तै; जहाँ एउटा जिन्दगीले म बाँचिरहेको हुन्छ। बदलिन सक्दैन अनुभव निष्फल हुन सक्दैन प्राप्ति देवता नभए ढुङ्गो हुन्छ खुसी नभए चोट हुन्छ; केही नभए शून्य हुन्छ । शून्यतामा एउटा सुस्केरा गुन्जिरहेको हुन्छ मौनताले वितण्डा गरिरहेको हुन्छ, र चहर्‌याइरहेको हुन्छ समय अनवरत शून्यतामा; चहर्‌याइरहेको युगमा इच्छाहरू भाँचिइरहेका हुन्छन् रहरहरू फुटिरहेका हुन्छन् र पोखिएका हुन्छन् असङ्ख्य सपनाहरू। उठाएर अँजुलीमा पोखिएका सपनाहरूलाई; बोकेर प्रलय विचलित हृदयभित्र लुकाएर कोलाहल हताश चाहनासँगै; उद्याएर आँखामा हतियार विद्रोहको शान्त देखिएर मुस्काउन खोज्दै मौन एउटा जिन्दगीले म बाँचिरहेको हुन्छ ।

.................….................. (शून्य मुटुको धड्कनभित्र / सुमन पोखरेल / २०५६)

Related Posts

See All

वा र अथवा या कविता / सुमन पोखरेल

मैले लेख्न शुरू गरेको, र तपाईँले पढ्न थाल्नुभएको अक्षरहरूको यो थुप्रो एउटा कविता हो । मैले भोलि अभिव्यक्त गर्ने, र तपाईँले मन लगाएर वा करैले, पूरा वा आधा सुन्नुहुने, अथवा सुन्दै नसुन्नुहुने शब्दहरूक

Featured Posts
  • Suman Pokhrel
  • Suman Pokhrel
  • Suman Pokhrel
  • allpoetry
  • goodreads
  • LinkedIn Social Icon
  • Suman Pokhrel
  • Suman Pokhrel
  • SoundCloud Social Icon
  • kavitakosh

Join our mailing list

Never miss an update

bottom of page