top of page

प्रकम्पित उज्यालो कवितासङ्ग्रहको प्रकाशकीय


Nepali poem

कविता अक्षर बा शब्दले बनेको हुँदैन, भावना र कलाले बनेको हुन्छ। प्रस्फुटन भएका भावनाको कलात्मक प्रस्तुति कविताले माग्ने आधारभूत तत्व हो । त्यसभन्दा बढी कविताले केही माग्दैन । कवितामा प्रयोग हुने अक्षर, शब्द वा वाक्य माध्यम मात्र हुन्‍, सम्प्रेषण हुने मूल तत्व त भावना र कला नै हो । भावनालाई जति कलात्मक तरिकाले प्रस्तुत गर्न सक्यो कविता त्यति सुन्दर बन्ने रहेछ । निकै थोक भनिसकेर पनि केही नभन्नु र केही नभनेरै पनि धेरै थोक भन्नु कविताको विशेषता हो; र त्यसैका लागि कवितालाई कलाको आवश्यकता पर्दछ ।

सिर्जनाको परिमार्जन हुँदैन । गहुँको बोटलाई परिपार्जन गरेर धान बनाउन सकिँदैन ।तर कलालाई परिमार्जन गर्न सकिन्छ । लेखिएका भावनाहरू सिर्जना हुन्, त्यसमा देखिन आएका शब्दहरूको बुनौट कला हो । कविता फुर्नु सिर्जना हो, त्यसलाई सुन्दर बनाउनु कला हो । कोही लेखक केवल सर्जक हुन्छन् वा रहन चाहन्छन् भने कोही कलाकार पनि हुन्छन् । तर असल कविले एउटा सर्जक मात्र नभएर एउटा कलाकार पनि हुन आवस्यक हुन्छ। कविमा हुने ती कलाका अनेक रूप तथा विभिन्न अवयवहरू हुने गर्दछन् । कविले आफूमा निहित कुनकुन रूप र कुनकुन अवयवहरू आफ्ना कवितामा प्रयोग गर्ने भन्ने चाहिँ उसको सामर्थ्य र अधिकारको विषय हो ।त्यतातिर अहिले धेरै नजाऔँ ।

शुभलक्ष्मी लम्सालका धेरै कविता निश्चित यात्रा तय गरेर सङ्ग्लिसकेका नदी जस्ता लाग्छन् ।उनका विभिन्न कविताले उनलाई एक सर्जकका साथसाथै कलाकारको रूपमा स्पस्टसँगले देखाएका छन् । अनेक चालमा हिँडिरहेका उनका कविताले अनेक रङमा भिजेर समय र स्थानका विविध रूपको व्याख्या गरेका छन् । अँध्यारोलाई पराजीत गरेर आएको उज्यालो पनि समयसँग डराएर कामिरहेकोले स्थिर हुन नसकेको वर्तमान परिवेशलाई उनका कविताको यो सङ्ग्रह 'प्रकम्पित उज्यालो'ले सकलरूपमा प्रतिबिम्बित गरेको छ ।

यस प्रकाशनको नियमित कविगोष्ठीकी एक सकृय सदस्य तथा "वाणी नवप्रतिभा पुरस्कार"बाट २०६५ साल मै पुरस्कृत भइसक्नु भएकी कवि शुभलक्ष्मी लम्सालको यो पहिलो कवितासंग्रह 'प्रकम्पित उज्यालो' प्रकाशन गर्न पाउँदा हामीलाई गर्व लागेको छ । यस सङ्‍ग्रहको सफलताको धेरै धेरै शुभकामना ।

सुमन पोखरेल

................................................................................................................................................

शुभलक्ष्मी लम्सालको कवितासङ्ग्रह 'प्रकम्पित उज्यालो'का लागि वाणी प्रकाशनका तर्फबाट प्रकाशकीय

Related Posts

See All

मन्तव्य- ससिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार समर्पण समारोह / सुमन पोखरेल

आदरणीय सभाध्यक्षज्यू, सम्मानीय उपराष्ट्रपतिज्यू, मञ्चासिन मान्यजनहरू एवम् उपस्थित समस्त विद्वत्‌जनमा हार्दिक नमन गर्दछु । यसबेला यहाँ...

Featured Posts
  • Suman Pokhrel
  • Suman Pokhrel
  • Suman Pokhrel
  • allpoetry
  • goodreads
  • LinkedIn Social Icon
  • Suman Pokhrel
  • Suman Pokhrel
  • SoundCloud Social Icon
  • kavitakosh

Join our mailing list

Never miss an update

bottom of page