काव्य समालोचनाको भूइँ र आकाश / सुमन पोखरेल
कविताका फैलाहटका सबै अवयवहरूसम्म पुग्न निकै ठूलो चुनौती पार गर्नु पर्ने हुन्छ । गहन विम्वात्मक अभिव्यक्तिहरूलाई अनेक भाष्यहरूले पनि पूर्णरूपमा केलाउन सक्दैनन् । गीता यसको एउटा उत्तम उदाहरण हुनसक्छ । अर्को कुरा, कविताको समालोचना आर्किटेक्चरल विधा हो । यसले प्राविधिकताभन्दा बढी कलाको बोध र ज्ञानको विस्तार खोज्दछ ।
यी दुई कारणले गर्दा सकेसम्म ज्ञानी र सम्पूर्णरूपमा इमान्दार भएर गरिएका काव्य समालोचनाका प्रयासहरू पनि अधूरो, अपूरो र अमिल्दो हुने सम्भावना सधैँ नै रहिरहेको हुन्छ । र, अझ त्यसमाथि (‘माथि’ भन्दा ‘तल’ भन्नु उपयुक्त हुनसक्छ) झिना मसिना स्वार्थ र अहम्का मसी भरेर लेखिँदा त्यस्तो समालोचनाको अनुहार अझ निन्याउरो, अझ दरिद्र, अझ कमलाई काम लाग्ने हुन जान्छ । त्यसबाट साँगुरो टेबुलका चिया र केही बेर मात लाग्ने सस्तो दामको रक्सी वा धराप यात्राको टिकट त निस्कन सक्ला, तर विशिष्ठ समालोचना हुन सक्दैन ।
जबसम्म हामी कविताको प्रभावमा नभएर कविसँगको व्यक्तिगत सम्बन्ध वा ऊप्रतिको धारणाको आधारमा वा कुनै प्राविधिक आवश्यकताका लागि समालोचना गर्ने चेष्टा गरिरहन्छौँ, तबसम्म हामी के गरिरहेछौँ भनेर आफैँ नै अलमल्ल परिरहनेछौँ । र त्यस जालोबाट बाहिर निस्किएर माथिल्लो खुड्किलामा उक्लिँदा नै पनि अर्कोतिर, जबसम्म मोहन कोइराला, उपेन्द्र श्रेष्ठ, ईश्वरबल्लभका कवितालाई हामी क्लिष्ट भनिरहन्छौँ, तबसम्म कविताको उचित, उपयुक्त र उत्कृष्ट समालोचना भइरहेको छ भन्न सक्ने अवस्थामा पुग्ने छैनौँ ।
Related Posts
See All[साहित्यिक त्रैमासिक पत्रिका 'मोनालिया' (साउन -असोज २०६७) सँग कवि सुमन पोखरेलको अन्तर्वार्ता] ..............................................
आदरणीय सभाध्यक्षज्यू, सम्मानीय उपराष्ट्रपतिज्यू, मञ्चासिन मान्यजनहरू एवम् उपस्थित समस्त विद्वत्जनमा हार्दिक नमन गर्दछु । यसबेला यहाँ...