top of page

यात्रामा निस्किँदै / सुमन पोखरेल


पाइलाहरू

हिँडदै थिए, अडिँदै थिए।

जीवनलाई बँचाइराख्न

जब म छाडेर गइरहेथेँ हरेक पाइलामुनिका माटालार्इ,

माटाहरूले मलार्इ समात्न खोजिरहेथे

ढिस्का र ढुङ्गाहरूले बाटो छेक्न खोजिरहेथे।

त्यो रातलार्इ

वास्तवमा कति विषादमय समय बाँच्नुपरेको थियो

ती ताराहरूलार्इ,

त्यो जूनलार्इ,

कति अन्धकारमय परिस्थितिमा हाँस्नुपरेको थियो।

मैले तर

हिँडिरहनु थियो।

बुझपचाउनु परेको थियो

ती पातमा अडिएका रातका आँसुहरूलार्इ

ती फूलका चोट र निरीहतालार्इ

हाँगा भाँचिँदाका ती वृक्षहरूका पीडाहरूलार्इ।

र लुकाउनु थियो

आफ्नै आँखाबाट फर्की मनमा जमेको पोखरीलार्इ पनि।

मैले आफैँले कहिल्यै नबुझेको कुनै नियम पालन गर्नु थियो,

एक्लै, एकलासको बाटामा पाइला चालिरहनु थियो।

पछि जे हुनु नहुनु छँदै थियो

बाँचुन्जेल मैले

लगातार नबाँचिरहनु थियो।

...................................

फागुन २०६०, विराटनगर

..................................

Comments


  • Suman Pokhrel
  • Suman Pokhrel
  • Suman Pokhrel
  • allpoetry
  • goodreads
  • LinkedIn Social Icon
  • Suman Pokhrel
  • Suman Pokhrel
  • SoundCloud Social Icon
  • kavitakosh

Join our mailing list

Never miss an update

© Suman Pokhrel 2025

bottom of page