बैँसभरि नबुझेको कुरा / सुमन पोखरेल
त्यो नदीजस्तै निर्मल थियो।
वास्तवमा त्यो परिवेश
समीरजस्तै स्वच्छ थियो।
त्यो समीरजस्तै थियो
त्यसैले अँगाल्न सक्दिनथेँ,
नदीजस्तै थियो
त्यसैले हामफाल्न सक्दिनथेँ।
त्यो प्यारो थियो
छेउछेउबाट हिँड्न मन लाग्थ्यो,
शीतल थियो
निरन्तर अनुभव गर्न मन लाग्थ्यो।
मैले माया गरेको
मलार्इ मैलाईजस्तै माया गर्ने त्यो परिवेश
मेरा लागि
भोगिनसक्नुको थियो।
त्यो समय मेरो निम्ति
अत्यन्त पीडादायक थियो वा
अत्यन्त स्नेहील थियो
बुझिनसक्नुको थियो।
...................................
बैसाख २०४९, काठमान्डौ ...................................
Related Posts
See Allमैले लेख्न शुरू गरेको, र तपाईँले पढ्न थाल्नुभएको अक्षरहरूको यो थुप्रो एउटा कविता हो । मैले भोलि अभिव्यक्त गर्ने, र तपाईँले मन लगाएर वा...