जिन्दगी / सुमन पोखरेल
- सुमन पोखरेल
- Feb 3, 2015
- 1 min read
जिन्दगी खाली कागज भएको भए,
ध्यान लगाएर अघाउँजी लेख्न हुन्थ्यो।
जिन्दगी लेखिएको पन्ना भएको भए
मन लगाएर धित मरुन्जेल पढ्न हुन्थ्यो।
यो जिन्दगी,
लत्पतिएका अक्षरले भरिएको
एउटा चिरकटो भयो,
न त यसमा लेख्नै सक्छु
न त यसलार्इ पढ्नै सक्छु।
................................
भदौ २०५३, विराटनगर
................................
Comentarios