top of page

कार्यालय / सुमन पोखरेल


कार्यालयभित्र

धर्तीको सर्वाधिक मूल्यवान्‍ भएर पनि

शासकद्वारा

बाढीको बर्सात्‍झैँ सस्तो ठानिएको

जनताका पसिनाले बनेका दराजहरू छन् ।

दराजभित्र छन्,

नोकरको जागिर खाएर मालिक भएकाहरूका

बदनियत र असक्षमता गनाउने फाइलहरू।

जहाँ हाम्रा कमजोरीका तुनाले बाँधिएको

एउटा वीभत्स इतिहास छ,

हाम्रा निर्लज्जताले लेखिइँदै गरेको

एउटा लाटो वर्तमान छ,

एउटा छरिपस्ट भविष्य छ।

के तपार्इँलार्इ थाह छ,

त्यो कार्यालयको नाम

सिँहदरवार हैन भने

के होला?

....................................

असोज २०६२, विराटनगर

...................................

Comentarios


  • Suman Pokhrel
  • Suman Pokhrel
  • Suman Pokhrel
  • allpoetry
  • goodreads
  • LinkedIn Social Icon
  • Suman Pokhrel
  • Suman Pokhrel
  • SoundCloud Social Icon
  • kavitakosh

Join our mailing list

Never miss an update

© Suman Pokhrel 2025

bottom of page