एक पुष्पवीजको आह्वान / सुमन पोखरेल
स्वार्थ ओढेर नाच्ने यस दुनियाँमा
मलार्इ कोपिला बन्न नदेऊ
बन्न नदेऊ मलार्इ फूल ।
मलार्इ जर्जर पारेर फ्याँकिदेऊ
ढुङ्ग्यानहरूमा मिल्क्याइदेऊ
मरुभूमिमा छोडिदेऊ ।
पानीको अनुहारसम्म पनि नदेखियोस् सपनामा समेत
हावाले मतिर फर्केरै नहेरोस्
बरु, सक्छ भने पोलोस् घामले रातभरि पनि
र डढाओस् मेरा सम्पूर्ण संवेदनशीलता
भत्काओस् मबाट सुकोमल निर्मितिका सबै अवयवहरू ।
उम्रनेछु म त्यहीँ
काँढैकाँढा बोकेर
एउटा क्याक्टस भएर ।
................................ भदौ २०४४, विराटनगर ................................
Related Posts
See Allमैले लेख्न शुरू गरेको, र तपाईँले पढ्न थाल्नुभएको अक्षरहरूको यो थुप्रो एउटा कविता हो । मैले भोलि अभिव्यक्त गर्ने, र तपाईँले मन लगाएर वा...