top of page

आदेश / सुमन पोखरेल


आदेशहरू त सुनिइरहिन्छ तल बसेपछि ।

दाहिने नफर्क - देब्रे नसुत।

खुकुरी साथमा राख - हतियार छेउमा नराख ।

साँझैमा सुत - मध्यरातसम्म काम गर।

झ्यालढोका खुल्लै राख - ढोकामा साँचो लगाओ ।

एकभन्दा बढी नहिँड - एक्लै नहिँड ।

आँखा खोलेर नहेर - चौबिसै घण्टा पहरा देओ ।

भोकै नबस - केही पनि नखाओ ।

कपडा नलगाओ - नाङ्गै नहिँड ।

मैले बुझ्न सकेको छैन,

आदेश दिनेले किन सोच्न सक्दैन ।

..............................

फागुन २०५५, भोजपुर

..............................

Related Posts

See All

वा र अथवा या कविता / सुमन पोखरेल

मैले लेख्न शुरू गरेको, र तपाईँले पढ्न थाल्नुभएको अक्षरहरूको यो थुप्रो एउटा कविता हो । मैले भोलि अभिव्यक्त गर्ने, र तपाईँले मन लगाएर वा करैले, पूरा वा आधा सुन्नुहुने, अथवा सुन्दै नसुन्नुहुने शब्दहरूक

Featured Posts
  • Suman Pokhrel
  • Suman Pokhrel
  • Suman Pokhrel
  • allpoetry
  • goodreads
  • LinkedIn Social Icon
  • Suman Pokhrel
  • Suman Pokhrel
  • SoundCloud Social Icon
  • kavitakosh

Join our mailing list

Never miss an update

bottom of page