हजार आँखाबाट / सुमन पोखरेल
- सुमन पोखरेल
- Sep 4, 2018
- 1 min read
हजार आँखाबाट जोगाई राखेको यो बैँश
कसले खोस्ने थाह थिएन तिमीले पो रैछ
सुनाउन खोज्थ्यो मुटु कसैलाई धड्कन
कुनै कुरा भन्न खोज्थ्यो कसैलाई यो मन
भीडहरूमा ब्यग्रताले खोज्दथे यी आँखाहरू
कसलाई भन्ने थाह थिएन तिमीलाई नै रैछ
सपनामा कोही आउँथ्यो मुहार लुकाएर
रात भई मलाई छोप्थ्यो केश फुकाएर
कतै भाग्थ्यो कुनै आहट कोट्याएर मुटु
के हो भन्ने थाह थिएन, तिम्रो निम्तो रैछ
Comments