हिँडेको कता कुन बाटोमा हो ? / सुमन पोखरेल
- सुमन पोखरेल
- Sep 4, 2018
- 1 min read
हिँडेको कता कुन बाटोमा हो ?
मेरो विलय कुन माटोमा हो ?
चाहिने नचाहिने क्षणहरू सँधै
जति नै खोजे पनि कणहरू सँधै
बाँचेको पनि कुन फाटोमा हो ?
के अर्कै थियो र यो साटोमा हो ?
पलपल नै यहाँ तिर्खा र प्यास
हुने केही हैन पालेर आश
जीवनको प्राप्ति कुन टाटोमा हो ?
यसैमा हो वा कुन पाटोमा हो ?
Comentários