सम्झेर पनि बिर्सेर पनि / सुमन पोखरेल
सम्झेर पनि बिर्सेर पनि तिमीलाई नै सम्झिन्छ यो मन
दिनलाई पनि रातलाई पनि तिमी नै सम्झी झस्किन्छ यो मन
बोलेको मैले आवाज यो, तिम्रो स्वरको प्रतिध्वनी हैन
कसरी सम्झाऊँ यो मनलाई देखिएको तिम्रो प्रतिविम्ब हैन
हेर्दछु जब जब म ऐना तिम्रो रूप सम्झी मस्किन्छ यो मन
सम्झेर पनि बिर्सेर पनि तिमीलाई नै सम्झिन्छ यो मन
टल्काउँदा जूनले ऐना, हावाले पर्दा हल्लाउँदा फेरि
वर्षाको पानी झ्यालबाट पसी, बाच्छिट्टाले हिर्काउँदा खेरी
लुके झैँ गर्छ देखे झैँ गर्छ आफैँसँग जिस्किन्छ यो मन
सम्झेर पनि बिर्सेर पनि तिमीलाई नै सम्झिन्छ यो मन
Related Posts
See Allमैले लेख्न शुरू गरेको, र तपाईँले पढ्न थाल्नुभएको अक्षरहरूको यो थुप्रो एउटा कविता हो । मैले भोलि अभिव्यक्त गर्ने, र तपाईँले मन लगाएर वा...