top of page

सुस्केरालाई सुसेली / सुमन पोखरेल


सुस्केरालाई सुसेली छातीको पीर हाँस्दैछु

यहाँ सहज के छ र जीवनको भीर बाँच्दैछु

आँखा चर्किए झैँ लाग्दछ ठोक्किई मुटुको चोटमा

छाती भत्किए झैँ लाग्दछ सँधै आजको सोचमा

एकैपल चैन कहाँ छ खुसी भोलीलाई साँच्दैछु

यहाँ सहज के छ र जीवनको भीर बाँच्दैछु

साहसको डिल बगाई समयले लाँदैछ

रहर कहाँ राख्नु र यो मन धमिलो हुँदैछ

जीवनका चोइटाहरू बटुलेर गाँस्दैछु

यहाँ सहज के छ र जीवनको भीर बाँच्दैछु

Comments


  • Suman Pokhrel
  • Suman Pokhrel
  • Suman Pokhrel
  • allpoetry
  • goodreads
  • LinkedIn Social Icon
  • Suman Pokhrel
  • Suman Pokhrel
  • SoundCloud Social Icon
  • kavitakosh

Join our mailing list

Never miss an update

© Suman Pokhrel 2025

bottom of page