सुनाऊँ अहिले कसैलाई के गरी / सुमन पोखरेल
सुनाऊँ अहिले कसैलाई के गरी
केके भएकोथ्यो मलाई रातभरि
केकेले झस्केको, आधारातमा ब्यूँझेको
आँसु सबै सकिएर सुस्केरा पिएको
लुकाएर राखेका सपनाका भारी
सुनाऊँ कसैलाई अहिले के गरी
कसरी म मरेथेँ, केही नै देखिनँ
रातले भनेन, अरूलाई सोधिनँ
बनाएँथेँ मैले उज्यालो कसरी
सुनाऊँ कसैलाई अहिले के गरी
Related Posts
See Allमैले लेख्न शुरू गरेको, र तपाईँले पढ्न थाल्नुभएको अक्षरहरूको यो थुप्रो एउटा कविता हो । मैले भोलि अभिव्यक्त गर्ने, र तपाईँले मन लगाएर वा...