top of page

सँधैभरि तिमीलाई माया गरिरहूँ यस्तै / सुमन पोखरेल


सँधैभरि तिमीलाई माया गरिरहूँ यस्तै

तिमी निदाइरहू यस्तै म हेरिरहूँ यस्तै

गुलाफका दुई कोपिलाझैँ जोडिएका ओठहरू

सुवास छर्दै वरिपरि छरिएका केशहरू

मिठामिठा सपनामा हराएका आँखाहरू

लजाएर सपना मै मुस्काएका भाकाहरू

मौन रही तिमीलाई म पढिरहूँ यस्तै

तिमी निदाइरहू यस्तै म हेरिरहूँ यस्तै

सुकोमल यी हात गोडा हरेक अङ्ग ईश्वर

मेरो प्रेम धर्मको यही नै हो मन्दिर

प्रकृतिको सुन्दरतम् रचना तिम्रो शरीर

अङ्गअङ्ग चुम्नलाई यी आँखा मेरा अधीर

यो रूप हेर्न जीवन भर म जागिरहूँ यस्तै

तिमी निदाइरहू यस्तै म हेरिरहूँ यस्तै

Comments


  • Suman Pokhrel
  • Suman Pokhrel
  • Suman Pokhrel
  • allpoetry
  • goodreads
  • LinkedIn Social Icon
  • Suman Pokhrel
  • Suman Pokhrel
  • SoundCloud Social Icon
  • kavitakosh

Join our mailing list

Never miss an update

© Suman Pokhrel 2025

bottom of page