सँधै तिम्रो साथ हुन्थ्यो / सुमन पोखरेल
सँधै तिम्रो साथ हुन्थ्यो रङ्गीन रङ्गीन रात हुन्थ्यो
भने जिन्दगीमा सँधै खुसीको नै बर्सात् हुन्थ्यो
गर्ने थिएँ तिम्रो वर्णन गीत तिम्रै लेख्ने थिएँ
तिम्रा सबै पीरलाई यो छातीले छेक्ने थिएँ
सुषुप्त मेरा उत्साहमा यदी तिम्रो आँट हुन्थ्यो
भने जिन्दगीमा सँधै खुसीको नै बर्सात हुन्थ्यो
तिम्रो माया सँधै पाए जीवन भर म हाँस्ने थिएँ
मायाभित्रै रमाएर सार्थक जीवन बाँच्ने थिएँ
उदाश मेरा यी आँखामा ती आँखाको मात हुन्थ्यो
भने जिन्दगीमा सँधै खुसीको नै बर्सात हुन्थ्यो
Related Posts
See Allमैले लेख्न शुरू गरेको, र तपाईँले पढ्न थाल्नुभएको अक्षरहरूको यो थुप्रो एउटा कविता हो । मैले भोलि अभिव्यक्त गर्ने, र तपाईँले मन लगाएर वा...