यो वन पाखामा / सुमन पोखरेल
पुरुष- यो वन पाखामा, मेरो शिर तिम्रो काखमा
के देखूँ अब म, भन तिम्रो आँखामा
नारी- यो वन पाखामा, तिम्रो शिर मेरो काखमा
बोल्दैछ तिम्रो आँखा पीरतीको भाखामा
पुरुष- बाटो हिँडेको कति केही पनि थाहा भएन
घाम चर्को थियो होला त्यो पनि यहाँ भएन
उकाला बाटाहरू तिम्रो साथले सम्यायो
सवै थकाईहरू तिम्रो मुस्कानले मेटायो
नारी- हिँडेको धेरै हो यहाँ तर आज नौलो झैँ छ
सँधै देखेको आकाश किन आज पहिले झैँ छ ?
तिम्रो हेराईले नयाँ संसार देखायो शायद
तिम्रो बोलाईले कतै माया लगायो शायद
Related Posts
See Allमैले लेख्न शुरू गरेको, र तपाईँले पढ्न थाल्नुभएको अक्षरहरूको यो थुप्रो एउटा कविता हो । मैले भोलि अभिव्यक्त गर्ने, र तपाईँले मन लगाएर वा...