यो तिम्रो कथा हो या / सुमन पोखरेल
यो तिम्रो कथा हो या मेरो कहानी
मनभरि बादल छ, आँखामा पानी
मनलाई अञ्जुलीमा बोकी हिँडेँथेँ
हृदयमा प्रेमको रङ पोती हिँडेँथेँ
समयले एउटा आँधी चलाई गयो
सिँगार्दासिँगार्दै भत्कियो जवानी
यो तिम्रो कथा हो या मेरो कहानी
सँधै नै मसँग निहुँ खोज्छ रात
डराएर हातले खोजे होला साथ
खै केके भयो रातभरि कुन्नी
म उठ्दा निथ्रुक्कै भिझेथ्यो सिरानी
यो तिम्रो कथा हो या मेरो कहानी
देख्दछु अचेल म सपना नि कालो
ब्यूँझँदा आँखामा दुनियाँको जालो
पन्छाउँदापन्छाउँदै फेरि हुन्छ रात
फेरि उसैगरी दोहोरिन्छ बिहानी
यो तिम्रो कथा हो या मेरो कहानी
Related Posts
See Allमैले लेख्न शुरू गरेको, र तपाईँले पढ्न थाल्नुभएको अक्षरहरूको यो थुप्रो एउटा कविता हो । मैले भोलि अभिव्यक्त गर्ने, र तपाईँले मन लगाएर वा...