top of page

मलाई जिन्दगी नै दुख्दछ / सुमन पोखरेल


मलाई जिन्दगी नै दुख्दछ,

तिमी कसरी हाँसिदिऊँ

जब एक्लोपन नै टोक्दछ,

हामी कसरी बाँचिदिऊँ

देख्दिनँ मान्छे कोही यहाँ,

यी पशुसँग मोल माग्दछु

यसलाई म के जीवन भनूँ

जो मासुसँग तौल नाप्दछु

सँधै निर्जिवताले थिच्दछ

जीवन कसरी बाँचिदिऊँ

मलाई जिन्दगी नै दुख्दछ

तिमी कसरी हाँसिदिऊँ

बुझ्दिनँ आवाज कसैको

शून्यतासँग गीत पाउँदछु

यसलाई म के यौवन भनूँ,

बाध्यतासँग मीत लाउँदछु

सँधै सम्झौताले बाँधेको

विद्रोह कसरी बाँचिदिऊँ

मलाई जिन्दगी नै दुख्दछ

तिमी कसरी हाँसिदिऊँ

Comments


  • Suman Pokhrel
  • Suman Pokhrel
  • Suman Pokhrel
  • allpoetry
  • goodreads
  • LinkedIn Social Icon
  • Suman Pokhrel
  • Suman Pokhrel
  • SoundCloud Social Icon
  • kavitakosh

Join our mailing list

Never miss an update

© Suman Pokhrel 2025

bottom of page