मनको चरी उडी भाग्यो / सुमन पोखरेल
- सुमन पोखरेल
- Sep 4, 2018
- 1 min read
मनको चरी उडी भाग्यो कुन डालीमा बस्ने हो
थाह छैन यो छातीमा कुन मुटु आई पस्ने हो
कता कता छोए जस्तो कुनै नजरले मलाई
बास्ना छरिदिए जस्तो मनको फूल चलाई
टिप्ने हो कि कसैले या ओइली भुर्इँमा खस्ने हो
थाह छैन यो छातीमा कुन मुटु आई पस्ने हो
यस्तो पनि हुन्छ भन्ने थाह थिएन पहिले
लुक्न खोज्ने आँखा कहिले भाग्न खोज्ने कहिले
भाग्ने हो कि यस्तै या कसैले मायाले कस्ने हो
थाह छैन यो छातीमा कुन मुटु आई पस्ने हो
Comments