मेरा सबै रहरहरूमा / सुमन पोखरेल
- सुमन पोखरेल
- Sep 4, 2018
- 1 min read
मेरा सबै रहरहरूमा आगो लाउँला म
सके निभाई फिरूँला नसके जलिजाउँला म
माया भनी छामेको बतास आगो नै त थियो
मिलनको हर उच्छवास आगो नै त थियो
बालिराख तिमी अझै मनमा एउटा आगो
सके निभाइदिउँला नसके जलिजाउँला म
सँगै हिँडने हरेक निश्वाश आगो नै त थियो
जीवन भनी बसेको त्यो बास आगो नै त थियो
बालिराखेस् कसैले चितामा एउटा आगो
सके निभाई आउँला नसके जलिजाउँला म
Comments