मेरो मनको आँगनमा / सुमन पोखरेल
- सुमन पोखरेल
- Sep 4, 2018
- 1 min read
मेरो मनको आँगनमा तिम्रो प्रीतको छाया
छातीभित्र तिम्रो तसबीर तसबीरभित्र माया
मनभरिको मायालाई कसले छेक्न सक्छ?
तिमीसँगै चल्ने मुटु कसले रोक्न सक्छ?
दिन रात सधैभरि तिम्रो यादको छाया
आँखाभरि प्रीतका सपना मुटुभरि माया
आधा रातमा ब्यूँझिएर लामो सास फेर्छु
आँसु थापी अञ्जुलीमा तारा जुन हेर्छु
स्मृतिमा मुस्काउँछ तिम्रो रूपको छाया
आँखाभरि तिम्रो चित्र आँसुभरि माया
Comments