म रोऊँ त कहाँ रोऊँ / सुमन पोखरेल
म रोऊँ त कहाँ रोऊँ, कसैले मलाई बुझ्दैन
गाऊँ म कसका लागि, कसैले मलाई सुन्दैन
जहाँ जाऊँ जता जाऊँ आफ्नै पीरले किच्दछ
सँधैभरि एकनासले मलाई अभावले थिच्दछ
रात कालो हुँदा पनि किन यो आघात लुक्दैन
जति चिच्याए पनि किन मुटुको गाँठो फुक्दैन
निचोरी मुटु हिँड्दछु भिजी रगतमा घाउ भै
कहाँ लगूँ, म के गरूँ, छैन चोटको भाऊ नै
कति सुकाऊँ घाउ मेरो कहिल्यै पनि सुक्दैन
यस्तो लाग्छ अब मलाई मृत्यु पनि दुख्दैन
Related Posts
See Allमैले लेख्न शुरू गरेको, र तपाईँले पढ्न थाल्नुभएको अक्षरहरूको यो थुप्रो एउटा कविता हो । मैले भोलि अभिव्यक्त गर्ने, र तपाईँले मन लगाएर वा...