बाँचिरहेँछु सँधै बेहोसी मै / सुमन पोखरेल
- सुमन पोखरेल
- Sep 4, 2018
- 1 min read
बाँचिरहेँछु सँधै बेहोसी मै
के छ अघिपछि मलाई होस छैन
मातेर हिँडने रहर कहाँ हो र
सँधै नै नबाँच्ने ठहर कहाँ हो र
जीवनलाई कतै समाऊँ भनेर
एक सुस्केरा थकाइ मेटाऊँ भनेर
आफैँलाई बिर्सी सँधै बेहोसी मै
किन खोज्छु म तिम्रो अँगालो
नसोध मलाई, मलाई होस छैन
एक अंश जीवन सँधै नै मबाट
मलाई पीडा दिई च्यातिएर भाग्छ
बाँच्नै नदिई छोडिगयो भनी
जोडिई मसँग टुक्री भाग्यो भनी
जताजतै खोजी सँधै बेहोसी मै
किन दुख्छु एक्लै यसरी मातेर
नसोध मलाई, मलाई होस छैन
Comments