बाँचिरहेछु वा मरिरहेछु / सुमन पोखरेल
- सुमन पोखरेल
- Sep 4, 2018
- 1 min read
बाँचिरहेछु वा मरिरहेछु
सुल्टै हो यो वा उल्टो भोगिरहेछु?
बत्तीहरूलाई आँखाले सोधेँ, बोलेनन् केही पनि
रातहरूलाई सुस्केराले सोधेँ, बोलेनन् केही पनि
बतासहरूलाई उभिएर सोधेँ, बोलेनन् केही पनि
हर समयलाई आभासले सोधेँ बोलेनन् केही पनि
सोचिरहेछु एक्लै एकनास
सुल्टै हो यो, वा उल्टो भोगिरहेछु?
छोएर सोधेँ छातीलाई, रोइरह्यो त्यो पनि
मायाले सोधेँ प्रेमलाई, रोइरह्यो त्यो पनि
चुपचाप सोधेँ आँखालाई, रोइरह्यो त्यो पनि
रोएरै सोधेँ आँशुलाई, रोइरह्यो त्यो पनि
खोजिरहेछु जवाफ एक्लै
सुल्टै हो यो, वा उल्टो भोगिरहेछु?
Comments