top of page

पिरतिका फूलहरूको / सुमन पोखरेल

  • Sep 4, 2018
  • 1 min read

पिरतिका फूलहरूको एउटा नदी बगाउँला

तिनैको सुवासको बतास म बहाउँला

मेरो अनुरोधलाई स्विकारी देऊ तिमी

मनको ढोका एकपल्ट उघारी देऊ तिमी

जूनको किरण झैँ माया लिएर आउँला

मनमा भएका मेरा भावना सुनाउँला

नजिक आउनु पर्दैन टाढै तिमी बस्नु

तर प्रेमको गाँठो दह्रो गरी कस्नु

अनुरागको वष्रातमा भिजि दिन बिताउँला

साथसाथै हिँड्‍दै टाढा टाढा जाउँला

Comments


  • Suman Pokhrel
  • Suman Pokhrel
  • Suman Pokhrel
  • allpoetry
  • goodreads
  • LinkedIn Social Icon
  • Suman Pokhrel
  • Suman Pokhrel
  • SoundCloud Social Icon
  • kavitakosh

Join our mailing list

Never miss an update

© Suman Pokhrel 2025

bottom of page