पिरतिका फूलहरूको / सुमन पोखरेल
- सुमन पोखरेल
- Sep 4, 2018
- 1 min read
पिरतिका फूलहरूको एउटा नदी बगाउँला
तिनैको सुवासको बतास म बहाउँला
मेरो अनुरोधलाई स्विकारी देऊ तिमी
मनको ढोका एकपल्ट उघारी देऊ तिमी
जूनको किरण झैँ माया लिएर आउँला
मनमा भएका मेरा भावना सुनाउँला
नजिक आउनु पर्दैन टाढै तिमी बस्नु
तर प्रेमको गाँठो दह्रो गरी कस्नु
अनुरागको वष्रातमा भिजि दिन बिताउँला
साथसाथै हिँड्दै टाढा टाढा जाउँला
















Comments