top of page

तिमीले हल्कै गुनगुनाई दियौ / सुमन पोखरेल


तिमीले हल्कै गुनगुनाई दियौ खै चोट देखिएको

गीतमा मेरो भावना हैन, रगत ‘थ्यो पोखिएको

खाएको चोट सुस्केराभित्र अटाउने थिएन

न आड थियो, न थियो आँसु, रुने केही थिएन

मुटुको रगत आँखामा आउँदा थियो त्यो रचिएको

तिमीले हल्कै गुनगुनाई दियौ खै चोट देखिएको

जीवनले मलाई मृत्युमा चढी खेदेथ्यो वेगले

उठेँथेँ लडी, साहसलाई समाई, म आफ्‍नै डेगले

त्यो पीडा मेरो गीतमा थियो शब्दले छेकिएको

तिमीले हल्कै गुनगुनाई दियौ खै चोट देखिएको

Comments


  • Suman Pokhrel
  • Suman Pokhrel
  • Suman Pokhrel
  • allpoetry
  • goodreads
  • LinkedIn Social Icon
  • Suman Pokhrel
  • Suman Pokhrel
  • SoundCloud Social Icon
  • kavitakosh

Join our mailing list

Never miss an update

© Suman Pokhrel 2025

bottom of page