तिमीले पनि किन अरूले जस्तै / सुमन पोखरेल
- सुमन पोखरेल
- Sep 4, 2018
- 1 min read
तिमीले पनि किन अरूले जस्तै चाह्यौ ?
भुलेर सबै गहिराई देखिने माया लायौ
दुई पलको साथ हो, मान्छे अजम्बर हुँदैन
नछुट्टिएको माया कहिल्यै अमर हुँदैन
मिलन चाहेर तिमीले किन यस्तो गरायौ
मायालाई क्षणिक बनाउन ब्यर्थै नजीक आयौ
माया भए मनभित्र दूरी कहिल्यै हुँदैन
समर्पित मुटुलाई कुनै चोटले छुँदैन
तिमी थियौ मभित्र म तिमी मै थिएँ आखिर
आफैँलाई भेट्न यसरी ब्यर्थै तिमी धायौ
Comentarios