तिमी आउँदा निदाएको रहेछु भने / सुमन पोखरेल
तिमी आउँदा निदाएको रहेछु भने तिमी नरिसाउनू
ब्यूँझाउनू मलाई तिमीले या छेउमा आई निदाउनू
कोठा मिलाई केहीबेर पर्खेँ, तर तिमी आइनौ
भान्साका काम धेरै थिए होला शायद तिमीले भ्याइनौ
सकेर काम कोठामा आई सुस्तरी मलाई चियाउनू
ब्यूँझाउनू मलाई तिमीले या छेउमा आई निदाउनू
कोठामा आई ऐनाअगाडि शायद आफैँलाई हेर्दि हौ तिमी
मेरो छेऊ आई आहटले ब्यूँझाउनू मलाई खोज्दी हौ तिमी
छेउमा आई औँलाहरूले सुस्तरी मलाई चलाउनू
ब्यूँझाउनू मलाई तिमीले या छेउमा आई निदाउनू
Related Posts
See Allमैले लेख्न शुरू गरेको, र तपाईँले पढ्न थाल्नुभएको अक्षरहरूको यो थुप्रो एउटा कविता हो । मैले भोलि अभिव्यक्त गर्ने, र तपाईँले मन लगाएर वा...