जसले यो मुटु छेड्यो / सुमन पोखरेल
- सुमन पोखरेल
- Sep 4, 2018
- 1 min read
जसले यो मुटु छेड्यो, जो मेरो हत्यारो भयो
यो के भयो, त्यही नजर मेरो प्यारो भयो
खोजेको थिईनँ फूल, न त जूनतारा खोजिहिँडेथेँ
न त आँखामा हेरी कसैको, बेहोसी नै खोजेथेँ
होस खोस्ने निष्ठुरीबाटै, छुट्न नै गाह्रो भयो
यो के भयो, बैरीको नजर मेरो प्यारो भयो
अब त त्यही मात, मलाई पिउने रहर बढ्दो छ
त्यही नशा मलाई, दिनरात झनै चढ्दो छ
के रोग बढ्यो मेरो, मलाई झन्झनै साह्रो भयो
यो के भयो विषालु नजर मेरो प्यारो भयो
Comments