top of page

जीवनको  हरपलमा  हाँसी  बाँचेको  छु / सुमन पोखरेल


जीवनको हरपलमा हाँसी बाँचेको छु

दुखाइ मै आनन्द छ, दुखी बाँचेको छु

मैले गर्‍या खै के थियो, तिमीले गर्‍या माया

प्रेमको मिठास चाहिँदैन, घाउ दिए हुन्छ

मेरो पीडा तिम्रा लागि खुसी बन्छ भने

नसोधी नै तिमीले मलाई चोट दिए हुन्छ

कसलाई पो सुनाउनु र, मनको चित्तदसा

कुन व्यथाले मातेर म कहाँ पुगेको छु

चोटहरू पर्खिरहेछन् मलाई जहाँ पनि

मेरो ठाउँ त्यहीँ लाग्छ, जहाँ पुगेको छु

Related Posts

See All

वा र अथवा या कविता / सुमन पोखरेल

मैले लेख्न शुरू गरेको, र तपाईँले पढ्न थाल्नुभएको अक्षरहरूको यो थुप्रो एउटा कविता हो । मैले भोलि अभिव्यक्त गर्ने, र तपाईँले मन लगाएर वा...

Featured Posts
  • Suman Pokhrel
  • Suman Pokhrel
  • Suman Pokhrel
  • allpoetry
  • goodreads
  • LinkedIn Social Icon
  • Suman Pokhrel
  • Suman Pokhrel
  • SoundCloud Social Icon
  • kavitakosh

Join our mailing list

Never miss an update

bottom of page