छन् ब्यथा केही मेरा / सुमन पोखरेल
छन् ब्यथा केही मेरा, तिमी केही थपिदेऊ
मेरो जीवनकथालाई, केही बुझिने बनाइदेऊ
भीर हो कि पहिरो हो, बुझ्दिनँ म बाटाभरि
ककसका हुन मुहार यी, मेरो मनका खाटाभरि
चोट कहाँ लागेको हो थाह पाउनै गाह्रो भयो
बोधा भए मेरा घाउ, एकपल्ट दुखाइदेऊ
हिँडदाहिँड्दै बाटाहरू, बाटैबाट हराइगए
थिए होलान् नाता कुनै, नचिनिने भइगए
हेर्दाहेर्दै जीवन यो पराइझैँ लाग्न थाल्यो
कहाँनेर बाँच्या छु म, तिमी आई देखाइदेऊ
Related Posts
See Allमैले लेख्न शुरू गरेको, र तपाईँले पढ्न थाल्नुभएको अक्षरहरूको यो थुप्रो एउटा कविता हो । मैले भोलि अभिव्यक्त गर्ने, र तपाईँले मन लगाएर वा...