छामूँ म छामूँ के / सुमन पोखरेल
छामूँ म छामूँ के छाती नै रित्तो लाग्दछ
अड्न खोज्दा मबाट झन् टाढा भित्तो भाग्दछ
मलाई न रहर थियो न फाइदा थ्यो’ जिउँदा
त्यसैले म पिउँदथेँ, मरे झैँ हुन्थेँ पिउँदा
पिउने रहरले झन मलाई नै रित्याइदियो
कति दिऊँ म त्यसलाई अझै त्यो आँसु माग्दछ
छामूँ म छामूँ के छाती नै रित्तो लाग्दछ
बाँचेथेँ जतिञ्जेल, कि रात थियो कि दिन थियो
सबै पग्लेर सकियो शायद त्यो मैन थियो
आफू भन्नु जे थिएँ पलपललाई बाँडिदिएँ
कति दिऊँ म त्यसलाई अझै त्यो उमेर माग्दछ
छामूँ म छामूँ के छाती नै रित्तो लाग्दछ
Related Posts
See Allमैले लेख्न शुरू गरेको, र तपाईँले पढ्न थाल्नुभएको अक्षरहरूको यो थुप्रो एउटा कविता हो । मैले भोलि अभिव्यक्त गर्ने, र तपाईँले मन लगाएर वा...