top of page

चर्केको मुटु केले टाल्नु / सुमन पोखरेल


चर्केको मुटु केले टाल्नु आँसुले टाल्दैन

म हाँसूँ पनि कसरी हाँसूँ, दुखाइ नै घट्‍दैन

हाँसूँ त भन्छु, पाइलाले तर काँढामा टेक्दछ

दौडन खोज्छु, मनले सँधै बोझ नै बोक्दछ

नहिँडूँ भने बसूँ म कहाँ, हिँडूँ त कुन बाटो

अगाडि जाऊँ बाटैले छेक्छ पछाडि ठाउँ छैन

बाँचिरहूँ भने हरेक सासमा जीवन नै दुख्दछ

नबाँची पनि भएको छैन मृत्युले छेक्दछ

दोधारमा यस्तो के गरूँ अब, सोधूँ म कसलाई

मान्छेको कुरा परै जाओस् छाया नि बोल्दैन

Related Posts

See All

वा र अथवा या कविता / सुमन पोखरेल

मैले लेख्न शुरू गरेको, र तपाईँले पढ्न थाल्नुभएको अक्षरहरूको यो थुप्रो एउटा कविता हो । मैले भोलि अभिव्यक्त गर्ने, र तपाईँले मन लगाएर वा करैले, पूरा वा आधा सुन्नुहुने, अथवा सुन्दै नसुन्नुहुने शब्दहरूक

Featured Posts
  • Suman Pokhrel
  • Suman Pokhrel
  • Suman Pokhrel
  • allpoetry
  • goodreads
  • LinkedIn Social Icon
  • Suman Pokhrel
  • Suman Pokhrel
  • SoundCloud Social Icon
  • kavitakosh

Join our mailing list

Never miss an update

bottom of page