कता हिँड्छु कता पुग्छु / सुमन पोखरेल
कता हिँड्छु कता पुग्छु आफैँबाट हराएको छु
आज किन किन म जिन्दगीदेखि डराएको छु
मुटुमा चोट उदाशी आँखामा पीरको जेथा कमाएको छु
आगत पनि धमिलो देख्छु विगत पनि गुमाएको छु
आफ्नै छाती आफ्नै घाऊ आफू मै चहर्याएको छु
आज किन किन हो म जिन्दगीदेखि डराएको छु
जीतको माला उनेको थिएँ हारले तर लछारिदियो
म उठ्न खोज्दा हरेकपल्ट जिन्दगीले पछारिदियो
भाग्दा भाग्दै उसैसँग म उसैको घर आएको छु
आज किन किन हो म जिन्दगीदेखि डराएकोछु
Related Posts
See Allमैले लेख्न शुरू गरेको, र तपाईँले पढ्न थाल्नुभएको अक्षरहरूको यो थुप्रो एउटा कविता हो । मैले भोलि अभिव्यक्त गर्ने, र तपाईँले मन लगाएर वा...