कति भोगेँ अहिल्यै / सुमन पोखरेल
- सुमन पोखरेल
- Sep 4, 2018
- 1 min read
कति भोगेँ अहिल्यै कति साँचेँ, साँचेँ
जीवन भनी मैले केके बाँचेँ, बाँचेँ
बैँसलाई अरूकै सपनामा बाँचेँ
प्रेमलाई दुनियाँको इसारामा बाँचेँ
मिलनलाई छेक्ने अनेक भए बाधा
मायालुका उद्विग्न आँखामा बाँचेँ
लुकाएर मुटु, धड्कन मै बाँचेँ
मेरो मोक्षबाट छेकिएरै बाँचेँ
मलाई भक्ति गर्न कुनै ठाउँ भएन
मेरो ईश्वरलाई मनभित्रै बाँचेँ
Comments