आखिर सबै सकिइगयो / सुमन पोखरेल
- सुमन पोखरेल
- Sep 4, 2018
- 1 min read
आखिर सबै सकिइगयो जतन शून्य थियो
के भो भनी सोधूँ भन्दा यो मन शून्य थियो
आगो जस्तो जलिरह्यो छाम्दा शून्य थियो
जीवनभर लाएको नाता सबै शून्य थियो
मुटु भन्नु के रैछ र सुन्दा धड्के जस्तो
अर्थ खोजी छामी हेर्दा, धड्कन शून्य थियो
बहँदै जाने बतासको जवाफ शून्य थियो
जीवन खोई सोधी हेरेँ, आकाश शून्य थियो
जीवन भन्नु के रैछ र देख्दा बाँचे जस्तो
एक सर्को बाँचिसक्दा जीवन शून्य थियो
Related Posts
See Allमैले लेख्न शुरू गरेको, र तपाईँले पढ्न थाल्नुभएको अक्षरहरूको यो थुप्रो एउटा कविता हो । मैले भोलि अभिव्यक्त गर्ने, र तपाईँले मन लगाएर वा...
Comments