अचानक नै आयौ / सुमन पोखरेल
अचानक नै आयौ र रुवाएर गयौ
प्रेमको गाँठो बाँध्यौ र चुँडाएर गयौ
मनभित्र बाहिर थियो सब अँध्यारो
लिएर आएथ्यौ तिमीले उज्यालो
तिमी आफैँ बत्ति निभाएर गयौ
अचानक नै आयौ र रुवाएर गयौ
छातीभित्र जतनले लुकाएथेँ त्यसलाई
आजसम्म मैले सम्हालेथेँ जसलाई
त्यही मुटु मेरो जलाएर गयौ
अचानक नै आयौ र रुवाएर गयौ
Related Posts
See Allमैले लेख्न शुरू गरेको, र तपाईँले पढ्न थाल्नुभएको अक्षरहरूको यो थुप्रो एउटा कविता हो । मैले भोलि अभिव्यक्त गर्ने, र तपाईँले मन लगाएर वा...