अङ्ग अङ्ग चल्यो तरङ्ग / सुमन पोखरेल
- सुमन पोखरेल
- Sep 4, 2018
- 1 min read
अङ्ग अङ्ग चल्यो तरङ्ग
ऐना हेर्दा भएँ झसङ्ग
हरेक अङ्ग देख्छु नौलो
ममा कहिले यो वय आयो
छैन आफ्नै मन आफू सँग
ऐना हेर्दा भएँ झसङ्ग
गालामा कैले लाली चढेछ
अधर पनि अर्कै भएछ
फेरिई सकेछ मेरो रङ्ग
ऐना हेर्दा भएँ झसङ्ग
Opmerkingen