अँध्यारो छ बिहानैदेखि / सुमन पोखरेल
अँध्यारो छ बिहानैदेखि दिनको आस के लिनु
मरिरहेछु हरेक पल, जीवनलाई जस के दिनु
जीवन रोजेको भन्दिनँ, म अभिशाप ज्यूँदछु
आफ्नो प्यास मेटनलाई, म आफैँलाई प्यूँदछु
जलिरहन्छु आफूभित्रै अरूलाई दोष के दिनु
मरिरहेछु हरेक पल, जीवनलाई जस के दिनु
मेरो सामर्थ्यको के कुरा, पोखिएर पानी बग्दछु
आफ्नै भारले रातदिन म आफैँलाई थिच्दछु
आएर फेरी जाँदैन, रहरलाई बास के दिनु
मरिरहेछु हरेक पल, जीवनलाई जस के दिनु
Related Posts
See Allमैले लेख्न शुरू गरेको, र तपाईँले पढ्न थाल्नुभएको अक्षरहरूको यो थुप्रो एउटा कविता हो । मैले भोलि अभिव्यक्त गर्ने, र तपाईँले मन लगाएर वा...