top of page

वेदनाको बजार भयो / सुमन पोखरेल


पहिले त मुटु नै छेड्‍ने गरी प्रहार भयो

पछि त्यही हेराइ नै मेरो बाँच्ने आधार भयो

चैतजस्तै उजाड थिएँ, बाँचेको थिएँ मरेकोझैँ

मनभित्र मुस्कुरायौ जीवन भयो, वहार भयो

खुसी छु म तिमी जितेर, तिमी हर्षित किन ?

दुवैले जित्ने खेल थियो वा, कतै मेरो हार भयो ?

नभेट्या भए तिमीलाई के नै काम पाउनेथेँ र !

तिम्रै प्रीतका चोट गन्नु मेरो रोजगार भयो

तिम्रो मन उस्तो हो वा मेरो बुझाइ गलत थ्यो’ ?

बल्दाबल्दैको प्रेमको आगो कसरी अँगार भयो ?

उत्कण्ठा लिई आउँछन् मान्छे घाउ छोडी जान्छन्

सुमन ! मेरो छाती सधैँ वेदनाको बजार भयो

Comments


  • Suman Pokhrel
  • Suman Pokhrel
  • Suman Pokhrel
  • allpoetry
  • goodreads
  • LinkedIn Social Icon
  • Suman Pokhrel
  • Suman Pokhrel
  • SoundCloud Social Icon
  • kavitakosh

Join our mailing list

Never miss an update

© Suman Pokhrel 2025

bottom of page