top of page

मसँग बदनाम आयो / सुमन पोखरेल


जीवनभर नभुल्ने, मायाको ईनाम आयो

सग्लो दिएँथेँ मुटु, चर्केर दस ठाम आयो

सोधे मलाई कारण, मेरो मलिनताको जब

शुष्क ओठमा अनायस तिम्रो नाम आयो

चर्किरहन्छ हृदय, सधैँ जोडिरहन्छु म

प्रेमको उपहार स्वरूप यो के काम आयो ?

व्यर्थै लेखेँछु गजल, प्रेमको रङ्गमा डुबेर

अदृष्य रह्‍यौ तिमी, मसँग बदनाम आयो

के राख्छौ फूल तिमी मेरो तसवीरमा ऐले

थाह छ मलाई, कोको, मेरो मलाम आयो

कहाँ पठाऊँ जवाफ यत्रो संसारमा सुमन !

कसले पठायो कुन्नी, एक चिट्ठी बेनाम आयो

Comentários


  • Suman Pokhrel
  • Suman Pokhrel
  • Suman Pokhrel
  • allpoetry
  • goodreads
  • LinkedIn Social Icon
  • Suman Pokhrel
  • Suman Pokhrel
  • SoundCloud Social Icon
  • kavitakosh

Join our mailing list

Never miss an update

© Suman Pokhrel 2025

bottom of page