मैले रुँदा गीत भयो / सुमन पोखरेल
तारा, जून, रात रोए सबैसबै शीत भयो
आँसु पोख्ने रहर थियो मैले रुँदा गीत भयो
विचित्र कै हुँदोरहेछ, मायाप्रेमको खेल पनि
एकपल्ट के हारिदिएँ सधैँ मेरो जीत भयो
त्यसबेला त्यस्तै भयो गीत कुनै सुने जस्तो
उनकै रूप सुनिरहेँ, सौन्दर्य नै सङ्गीत भयो
मलाई बिर्सी, उनैलाई हेरिरह्यो लठ्ठिएर
देखेर मुहार उनको ऐना मेरो चकित भयो
बैरी हौ, हत्यारा हौ तिमी या देउता मेरो ?
पिलाएथ्यौ प्रेमविष, मेरो लागि अमृत भयो
झस्क्याइदियो धड्कनले आज मलाई सुमन !
उनलाई दे’को मुटु, कसरी मसित भयो ?
Related Posts
See Allमैले लेख्न शुरू गरेको, र तपाईँले पढ्न थाल्नुभएको अक्षरहरूको यो थुप्रो एउटा कविता हो । मैले भोलि अभिव्यक्त गर्ने, र तपाईँले मन लगाएर वा...