top of page

म मरेको बिहानीको / सुमन पोखरेल

  • Aug 30, 2018
  • 1 min read

न भयो समापन तिम्रोमेरो कहानीको

न पाइयो साथ कहिल्यै एकअर्काको सिरानीको

त्यत्रो दूरी पार गरी आउँछिन्‌ रात सपनीमा

प्रीत हेर, समर्पण हेर मेरी मनकी रानीको

तिम्रै लागि राखेको थेँ, जलेर भस्म भै गयो

लैजाऊ कोसेली यही मुटु जलेको खरानीको

रङ्गीन सपना बुनेर जीवन बिर्सी उड्दछ

नभन दोष यसलाई, यही हो सौन्दर्य जवानीको

पक्कै हुनेछ केही अनर्थ आज पनि सुमन !

घाम यस्तै उदास थियो, म मरेको बिहानीको

Comments


  • Suman Pokhrel
  • Suman Pokhrel
  • Suman Pokhrel
  • allpoetry
  • goodreads
  • LinkedIn Social Icon
  • Suman Pokhrel
  • Suman Pokhrel
  • SoundCloud Social Icon
  • kavitakosh

Join our mailing list

Never miss an update

© Suman Pokhrel 2025

bottom of page