म मरेको बिहानीको / सुमन पोखरेल
न भयो समापन तिम्रोमेरो कहानीको
न पाइयो साथ कहिल्यै एकअर्काको सिरानीको
त्यत्रो दूरी पार गरी आउँछिन् रात सपनीमा
प्रीत हेर, समर्पण हेर मेरी मनकी रानीको
तिम्रै लागि राखेको थेँ, जलेर भस्म भै गयो
लैजाऊ कोसेली यही मुटु जलेको खरानीको
रङ्गीन सपना बुनेर जीवन बिर्सी उड्दछ
नभन दोष यसलाई, यही हो सौन्दर्य जवानीको
पक्कै हुनेछ केही अनर्थ आज पनि सुमन !
घाम यस्तै उदास थियो, म मरेको बिहानीको
Related Posts
See Allमैले लेख्न शुरू गरेको, र तपाईँले पढ्न थाल्नुभएको अक्षरहरूको यो थुप्रो एउटा कविता हो । मैले भोलि अभिव्यक्त गर्ने, र तपाईँले मन लगाएर वा...