बिष मीठो, जहर मीठो / सुमन पोखरेल
- सुमन पोखरेल
- Aug 30, 2018
- 1 min read
पर्खाइको पीडा मीठो, बिष मीठो, जहर मीठो
चोट मीठो, आँसु मीठो, प्रेमको हर कसर मीठो
जे गर्ने हो गरिहालौँ, हुन्न भन्छन् सधैँ यस्तो
बैँस मै हो रुप राम्रो, रङ्ग राम्रो, रहर मीठो
भुलेछन् आँखा मेरा बोलिरहेको मुहारमा
मोहिनीको बोली मीठो बचन मीठो अधर मीठो
भीर, पहिरो, ढुङ्ग्यान, बाढी, घाम, वर्षा, तुफान
भेट्न आउँदा तिमीलाई, जस्तोसुकै सफर मीठो
किन पिउनु रक्सी सुमन ! किन जानु मधुशाला
मलाई मेरै मायालुको मलाई हेर्ने नजर मीठो
















Comments