top of page

बिझाए भनेर / सुमन पोखरेल

  • Aug 30, 2018
  • 1 min read

तारा गन्दै कति रात बिताए परेला कति भिजाए भनेर

नसोध यी आँखाहरूलाई कति रोए कति निदाए भनेर

पराईहरूका बोलीमा काँडा, आफन्तका व्यवहारमा ढुङ्गा

के भन्नु यहाँ मान्छेहरू, मनभरि कति बिझाए भनेर

हराएको हो संवेदन, वा बेचिदियो मान्छेले

भनेर साध्य छैन, कविलाई कति खिज्याए भनेर

केही कटाक्ष वाण झैँ चले, केही नजर झुकेर बोले

हिसाब छैन कति आँखा रिसाए, कतिले रिझाए भनेर

मैदानमा एक बलि चढे, शहीद भए उन्मुत्ति दिलाउन

कसले भन्ने कैदमा कति दु:ख पिए कति कोर्रा खाए भनेर

भोगिरहेछु, भोगिरहेछु, भोगिरहेछु, नसुनाऊ

बाघ हामीले मारेपछि सत्तामा ब्वाँसा कसरी आए भनेर

खुल्न चाहे थुन्न खोज्छन् लुक्न खोजे तमासा बनाउँछन्

के भन्नु सुमन ! मै मर्दा पनि कति हल्ला फिँजाए भनेर

Comments


  • Suman Pokhrel
  • Suman Pokhrel
  • Suman Pokhrel
  • allpoetry
  • goodreads
  • LinkedIn Social Icon
  • Suman Pokhrel
  • Suman Pokhrel
  • SoundCloud Social Icon
  • kavitakosh

Join our mailing list

Never miss an update

© Suman Pokhrel 2025

bottom of page