top of page

प्रेम गर्ने भूलजस्तो / सुमन पोखरेल


मनभित्र एकनासले घोचे पनि शूलजस्तो

तिम्रै याद प्यारो मलाई, प्रेमको कबुलजस्तो

एक्लै हिँड्‍न कठीन रहेछ, बैँसालु मन बोकी

माया पनि काँडासँगै गाँसिएको फूलजस्तो

चर्चा हुन्छ हाम्रै भन्छन्‌ आजभोलि बतासभरि

गर्दोरहेछ प्रेमले प्रचार, चौबाटाको तूलजस्तो

पहिले नै छ्यान्द्रो थियो, त्यसमाथि प्रेमको घाउ

देख्दादेख्दै जिन्दगी भो’, च्यातिएको झूलजस्तो

जीवनभरलाई पुगोस् सजाय एउटै चोटले सुमन !

भूलै गर्ने भए गर्नु प्रेम गर्ने भूलजस्तो

Comentarios


  • Suman Pokhrel
  • Suman Pokhrel
  • Suman Pokhrel
  • allpoetry
  • goodreads
  • LinkedIn Social Icon
  • Suman Pokhrel
  • Suman Pokhrel
  • SoundCloud Social Icon
  • kavitakosh

Join our mailing list

Never miss an update

© Suman Pokhrel 2025

bottom of page