नलुकाऊ नजरहरू / सुमन पोखरेल
भनिदेऊ मनका कुरा नदबाऊ रहरहरू
पक्कै त्यसै काम्या हैनन् ती सङ्कोची अधरहरू
सीमित रहोस् हामी मै, किन भन्नु अरुलाई
भेद खुल्ला मन फाटेको, नलुकाऊ नजरहरू
देख्या नदेखेझैँ गर्यौ, तर ठान्दिनँ दोष तिम्रो
चिन्दैनन् आफ्नो अतितलाई यहाँ कुनै शहरहरू
जीवनका नियति भोग्दैछु, न बाँच्दछु न मर्दछु
असरहीन छन् मेरा लागि के अमृत के जहरहरू
सपनाका दिन, पर्खाईका साँझ, आँसुका रातहरू
नसम्झा तँ सुमन ! मलाई बैँसका प्रहरहरू
Related Posts
See Allमैले लेख्न शुरू गरेको, र तपाईँले पढ्न थाल्नुभएको अक्षरहरूको यो थुप्रो एउटा कविता हो । मैले भोलि अभिव्यक्त गर्ने, र तपाईँले मन लगाएर वा...