top of page

धड्कनको चाल अर्कै छ / सुमन पोखरेल


हिजोजस्तो छैन धड्कनको चाल अर्कै छ

उनलाई भेटेदेखि मनको हाल अर्कै छ

छट्पटिन्छ, उफ्रिन्छ, निस्कन खोज्छ हृदय

आँखाले हो देखेको उनलाई, बेहाल अर्कै छ

मन लगिन्, मुटु लगिन्, ज्यूँदो छु तै पनि

मायाको संसारमा, शायद काल अर्कै छ

जीवनभर नाचेकै हो, अझै नाचिदिन्थैँ

तर तिम्रो मञ्चको सुरताल अर्कै छ

मेरो प्रेम मेरै उपहारमा बाँधी फाल्यौ कि

देख्छु आज तिम्रो हातमा रुमाल अर्कै छ

नखोज् तँ आँसु सुमन ! परेलीका छेउमा

छातीभित्र कतै मेरा बहको ताल अर्कै छ

Related Posts

See All

वा र अथवा या कविता / सुमन पोखरेल

मैले लेख्न शुरू गरेको, र तपाईँले पढ्न थाल्नुभएको अक्षरहरूको यो थुप्रो एउटा कविता हो । मैले भोलि अभिव्यक्त गर्ने, र तपाईँले मन लगाएर वा...

Featured Posts
  • Suman Pokhrel
  • Suman Pokhrel
  • Suman Pokhrel
  • allpoetry
  • goodreads
  • LinkedIn Social Icon
  • Suman Pokhrel
  • Suman Pokhrel
  • SoundCloud Social Icon
  • kavitakosh

Join our mailing list

Never miss an update

bottom of page